दफा ३८
मूल ऐनको दफा ८० मा संशोधनः

मूल ऐनको दफा ८० को उपदफा (२) पछि देहायको उपदफा (२क) थपिएको छः–“(२क) उपदफा (२)मा जुनसुकै कुरा लेखिएको भएता पनि बीस लाख रुपैयाँसम्म बार्षिक कारोबारभएको कम्पनीले तोकिए बमोजिमको ढाँचामा वार्षिक आर्थिक विवरण मात्र पेश गर्न सक्नेछ ।”